अध्यक्ष नेपालसहित १५ जना चीन प्रस्थान


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो चीन प्रस्थान गरेको हो ।

चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको बताए ।

चीन भ्रमणका क्रममा नेताहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले बताए ।

भूकम्प पीडित नागरिकका निम्ति सरकार क्रियाशील हुनुपर्नेमा उनले जोड दिए । जनताको चाहनाका आधारमा भूकम्प पीडितका निम्ति सबै दलहरू एक भएर काम गर्नुपर्ने उनले बताएका छन् ।

चीन भ्रमण सम्पन्न गरेर अध्यक्ष नेपालको टोली कात्तिक २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement