सत्तारुढ गठबन्धन ५ वर्षसम्मै चल्छ : अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म चल्ने बताएका छन् ।

शनिबार काठमाण्डुको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन ५ वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेको उल्लेख गर्दै उनले अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।

सिंगो मुलुकको विकासको खाका एकीकृत समाजवादीले तयार गरेको उनले जिकिर गरे । नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी संगठन विस्तार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement