काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक जारी छ । भर्चुअल रुपबाट गरिएको बैठक १२ बजेदेखि जारी छ ।
नेकपा एमालेको चेतावनीका बाबजुद पनि कारबाहीमा नपरेका नेपाल समूहका नेताहरु बैठकमा सहभागी भएका छन् । आज बिहान
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको भन्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका थिए ।
बैठकमा घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका नेताहरु सहभागी छन् ।
बैठकमा सहभागि नेता पाण्डे र भुसालले वार्ताका नाममा बालुवाटारले दाउपेचको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । उनीहरुले वार्ताबाट कुनै निष्कर्ष ननिक्लिएको खण्डमा नयाँ विकल्पसहित अघि बढ्नुपर्ने बताएका थिए ।




प्रतिक्रिया