ओलीको कारबाही रोक्न नेपाल समूहको माग, संसद सचिवालयमा पत्र दर्ता (पत्रसहित)

ओलीको कारबाही रोक्न नेपाल समूहको माग, संसद सचिवालयमा पत्र दर्ता (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले आफूहरुमाथि गरिएको कारबाही रोक्न माग गर्दै संसद सचिवालयमा पत्र दर्ता गरेको छ ।

एमालेले आफ्ना १४ जना सांसदहरुमाथि गरेको कारबाही रोक्न माग गर्दै नेपाल समूहले संसद सचिवालयमा पत्र दर्ता गरेको हो । पत्रमा अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अवैधानिक रहेको उल्लेख गरिएको छ ।

मंगलबार एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सचिवालयले आज कारबाही गरेको पत्र सभामुख अग्नि सापकोटासमक्ष पेश गरेको छ ।