माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

शनिबार भारतीय राजदूत श्रीवास्तवले नेपाल निवास काेटेश्वरमा परिचयात्मक भेटवार्ता गरेका हुन् । बिहीबार भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनले दोस्रो भेट माधव नेपालसँग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement