मधेश प्रदेश सभामा संसदीय छानबिन विशेष समिति गठन

मधेश प्रदेश सभामा संसदीय छानबिन विशेष समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेश सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।

विगत लामो समयदेखि जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका प्रमुख प्रतिपक्षका सांसदहरूले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेट लगायतका विषयहरू लिएर विरोध गर्नुका साथै छानबिन समिति गठन गर्न माग गर्दै आएका थिए ।

बुधबार बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक बिहीबारका लागि स्थगित गरिएको थियो । बजेट ल्याउने समय एकदम नजिक भएकाले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेशसभा बैठकमा सांसदहरूबाट उठेको गुनासोहरूलाई मध्यनजर गर्दै सत्यतथ्य छानबिन गर्न प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबिन विशेष समिति गठन गरिएको जानकारी दिए ।

छानबिन विशेष समितिमा सांसद केशव राय, सांसद कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कञ्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।