अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा


काठमाण्डु- अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मरासिनिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो ।

राजीनामाको २५ दिनमा अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालय फर्किएसँगै सचिव मरासिनी घर बिदामा बसेका थिए । अर्थमन्त्री शर्माको अर्थसचिव मधु मरासिनीसंग त्यति सुमधुर सम्बन्ध छैन् ।

शर्माले मरासिनीको कार्यशैलीप्रति तिव्र असन्तुष्ट जनाएका छन् । उनले आफुमाथि आरोप लागेको बेला विदा बसेर मरासिनीले असहयोग गरेको बताउंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement