माग्ने बुढा परे ट्राफिक कारबाहीमा, जवानलाई दिए धन्यवाद !


काठमाडौं – सवारी नियम उल्लंघन गरेका हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ लाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सिटवेल्ट नबाँधी गाडि कुदाए वापत उनले बुधबार ५ सय जरिवाना तिरेका हुन् ।

बा १७ प १५२७ नम्बरको कार चलाएर ग्वार्र्कोबाट नयाँवानेश्वरतर्फ जाँदै गर्दा घिमिरेलाई सोमबार महानगरिय ट्राफिक महाशाखाको क्वीक रेस्पोन्स टोलीले कारबाही गरेको थियो ।

घिमिरेले जरिवाना तिरेर आफ्नो सवारी चालक अनुपतिपत्र लिएका छन् । उनले चिट काट्ने जवानलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement