राष्ट्रपतिदेखि संवैधानिक पदाधिकारीलाई  महाअभियोग लगाउने कानुन बनाउँदै सरकार


काठमाडौं – सरकारले संसद्मा महाअभियोग दर्ता भएलगत्तै राष्ट्रपतिदेखि संवैधानिक निकायका पदाधिकारी जिम्मेवारीमुक्त हुने गरी कानुन बनाउँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीमाथि महाअभियोग लगाउने ऐन संशोधनसहित एकीकृत रूपमा ल्याउने तयारी गरेको हो । 

महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भइसकेको छ । हाल महाअभियोग लगाउने सम्बन्धमा पदाधिकारीपिच्छे फरक–फरक व्यवस्था छ । यी विशिष्ट व्यक्तिविरुद्ध महाअभियोग लगाउने आधार र कारण विश्लेषण गर्न संसद्ले जाँचबुझ समिति गठन गर्ने प्रस्तावसमेत नयाँ विधेयकले गरेको छ । महाअभियोग लागेका व्यक्तिलाई बोलाएर बयान लिन सक्ने अधिकार समितिलाई दिइएको छ । त्यस्तै, आरोपसँग सम्बद्ध तथ्यमा सम्बन्धित व्यक्तिसँग समेत बयान लिन सक्ने अधिकार पनि दिइएको छ । 

समितिले पदाधिकारीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रशस्त आधार र कारण नभेटे प्रस्ताव तामेलीमा राख्ने सिफारिस प्रतिनिधिसभामा पेस गर्नुपर्ने व्यवस्था विधेयकमा छ । आजको नयांपत्रिका दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement