‘पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले महावीर पुनको माग सुन्दैन’


काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत महावीर पुनको माग सरकारले नसुनेको भन्दै गुनासो गरेका छन् ।

आइतबार माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका अध्यक्ष लिङ्देनले पूर्वलडाकुलाई पैसा बाँड्ने सरकारले पुनको माग किन सुन्दैन भनेर प्रश्न गरेका हुन् । अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष लिङ्देनको भनाई छ ।

‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन। पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्न सक्नेले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’, उनले भने ।

आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि महावीर पुनले काठमाण्डुको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement