धौलीगंगा जलविद्युतको बाँध खोलिने, महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह


दार्चुला – महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेराबाट कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।

बाँधको ढोका खोलेपछि महाकाली नदी पानीको सतह बढी हुने भएकोले तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध शुक्रबार खोलिने भएको हो ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका साढे ६ बजेसम्म शिफ्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले  बैतडीको सेरा, झुलाघाटबाट कुस्मतघाटसम्म महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

बाँध १४ गते बेलुकासम्म खोलिने भएकोले भए पनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement