महाकाली नदीमा पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक


भीमदत्तनगर – महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ । पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक डिकरदेव पन्तले जानकारी दिए ।उनका अनुसार सोमबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५ सय क्युसेक मापन गरिएको छ ।

जुन यस वर्षकै उच्च बहाव हो । ‘आज बिहानको भन्दा पानीको बहाव बढ्दै गएको छ ।” प्रहरी नायब निरीक्षक पन्तले भने, “वनवासा पुलमा दुई पाङग्रे सवारीसाधन र पैदलयात्रुलाई भने आवागमन खुल्ला नै छ ।”सोमबार दिउँसोपछि पुलमा आवागमन बन्द हुँदा खासगरी लामो दुरीका यात्रु समस्यामा परेका छन् ।

महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षात्का बेला संयमता अपनाउन आग्रह गरिएको छ । यसैगरी, कञ्चनपुर महाकाली नगरपालिका–१० मा पानीको निकास नहुँदा केही घर डुबानमा परेको स्थानीय सुरेश गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement