महाकाली नदीले तटबन्ध भत्कायो


काठमाडौं –  कन्चनपुर महाकाली नदीमा तटबन्ध भत्किएको छ । पहाडी जिल्लामा बर्षा भएपछि महाकाली नदीको वहाव बढ्दै जाँदा तटबन्ध भत्किन शुरु गरेको छ । बर्षा निरन्तर रहे नदी गाउँपस्ने खतरा रहेको स्थानियले बताएका छन्।

नदीले नदीमा पानीको बाहब बढदै गएको छ । तटबन्ध भत्काउन थालेपछि भीमदत्त नगरका ९११, १२ र १३० तीन वडा उच्च जोखिममा रहेका छन् ।जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०७४ र ०७५ का लागि ५६ करोडका तीनवटा ठेक्का दिएको थियो ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा एक सय ७९ मिटर तटबन्धको निर्माण गर्ने, कुमार श्रेष्ठ, राजेन्द्र जेभीले महाकाली नगरपालिका २ र ४ मा २६ करोडमा २.५० किलोमिटर र नागार्जुन रसुवा जेभीले भीमदत्त नगरपालिका १३ मा १७ करोडमा १२.५० किलोमिटर तटबन्ध निर्माण सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement