यसरी मच्चियो महाकुम्भमा भागदौड (फोटोफिचर)

यसरी मच्चियो महाकुम्भमा भागदौड (फोटोफिचर)


काठमाण्डु- भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

भागदौड मंगलबार बिहान मच्चिएको हो । भागदौड मच्चिएपछि श्रद्धालुका सामान, कपडालगायत यत्रतत्र छरिएका छन् । उनीहरू आफन्त गुमाएको वियोगमा छन् भने विचलित अवस्थामा देखिएको अधिकारीहरूले बताएका छन् ।

अचानक भागदौड मच्चिएपछि मानिसहरू अत्तालिएका घटनाका एक प्रत्यक्षदर्शीले बताएका छन् ।

बुधबार मौनी अमावश्याको अवसरमा कुम्भ मेलामा अमृत स्नान हुन भएको थियो । त्यसअघि यो घटना भएको छ । प्रयागराज मेला प्राधिकरणका आकांक्षा राणाले पत्रकारहरूलाई केही स्थानमा ब्यारियल भाँचिएको खबर आएको बताएका छन् ।