समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छः महान्यायाधिवक्ता खरेल


काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं स’रक्षित नागरिक समाजको सहकार्यमा काठमाडौं महानगरपालिका–३२ स’विधानगरस्थित विभिन्न स्थानमा जडान गरिएका सिसिटिभि क्यामेराको महान्यायाधिवक्ता खरेलले उद्घाटन गर्नुका साथै उक्त सिसिटिभि क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलाई हस्तान्तरण समेत गरेका थिए ।

कार्यक्रममा महान्यायाधिवक्ता खरेलले सिसिटिभि जडानमा सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्दै सिसिटिभि मार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्ने सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग हुने बताए ।

अपराध र अपराधीहरु हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भुमिका हुन जरुरी रहेको उनले बताए । कतिपय अपराधको अन’सन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानुनी दायरामा आएको समेत उनले उल्लेख गरे ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरिक्षक ठुले राईले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरुको अनुभवलाई माझेर परिष्कृत रुपमा आएको हुनाले यसले निरन्तरता पाउने चर्चा गर्दै यस्ता कार्यक्रममा सम्पुर्ण समुदायको पुर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे ।

जडान भएका सिसिटिभि क्यामेराले प्रहरीको काम कार्वाहीमा थप चुस्तता आउने बताउँदै उनले यस्ता प्रविधिको स्थापना गर्ने मात्र नभई निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरुपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

समारोहमा धन्यवाद व्यक्त गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन सक्दैन, समाज नियमित रुपमा र नियमसंगत रुपमा चल्नपर्छ भन्ने मान्यता रहेको हुनाले सिसिटिभि क्यामेराले त्यो मान्यतालाई परिपोषण गर्छ भन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement