जसपाका सांसदलाई पार्टी कार्यालयबाट रिसोर्टमा लगियो

जसपाका सांसदलाई पार्टी कार्यालयबाट रिसोर्टमा लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएका छन् ।

आज पार्टी कार्यालय बबरमहलबाट भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको एक नेताले जानकारी दिए ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा राखेको एक सांसदले बताए । सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो लागेका छन् ।

अध्यक्ष ठाकुरले आफूसँग बहुमत रहेको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई १९ जना सांसदको हस्ताक्षरसहितको पत्र पठाएका थिए ।

अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले आजै नेपाली कांग्रेसका सभापति बेहरबहादुर देउवासँग भेट गरेका थिए ।

नयाँ सरकारमा जाने विषयमा जसपाभित्र तिव्र विवाद रहेको छ । अध्यक्ष महन्थ ठाकुर पक्षले देउवा नेतृत्वको सरकारमा नजाने बताउँदै आएको छ । भने उपेन्द्र यादव समूह नयाँ सरकारको पक्षमा छ ।