महन्थ ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिकमा कार्यकारिणी सदस्य को–को छन् ? (सूचीसहित)

महन्थ ठाकुर नेतृत्वको जसपा लोकतान्त्रिकमा कार्यकारिणी सदस्य को–को छन् ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका नेता महन्त ठाकुरले नयाँ दल गठनगरेका छन् । उनले साविकको जनता समाजवादी पार्टी विभाजन गरेर निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामको नयाँ राजनीतिक दल दर्ता गराएका हुन् ।

पुराना राजनीतिज्ञ महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । जसपा लोकतान्त्रिकमा २४ सदस्यीय कार्यकारिणी समिति रहने छ । पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ ।

नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको नेता महतोले जानकारी दिए । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि ठाकुर पक्षले नयाँ दल दर्ता गराएको हो ।