मधेश आन्दोलनमा मारिएकालाई अझै शहीद घोषणा गरिएन : महन्थ ठाकुर


काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका क्रममा मारिएका नेता, कार्यकर्तालाई अझै शहीद घोषणा नगरेकामा असन्तुष्टि जनाएका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी कार्यालय बहरमहलमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मधेश आन्दोलनका क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने सम्झौता पनि सरकारले कार्यान्वयन नगरेको बताएका हुन् ।

‘हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरुलाई छाड्ने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए, तिनीहरुलाई शहीदसम्म घोषणा गरिएको छैन’, अध्यक्ष ठाकुरले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement