नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै गएको छ : परराष्ट्रमन्त्री महरा


काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपालस्थित चिनीया दूतावासले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन ठूलो प्रयास भएको छ ।”

 

चिनीया नयाँ वर्षमा हुँदै आएको शैक्षिक प्रदर्शनी तथा अन्य कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तार गर्नमा सहयोग पुगेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमबाट मुलुकको पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

दुई देशबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा महत्वपूर्ण योगदान पुगेको भन्दै उपप्रधानमन्त्री महराले भन्नुभयो, “चिनीया उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुँदा हामीले संयुक्त रुपमा थालनी गरेको पुर्ननिर्माण कार्यले सार्थकता पाउनेछ ।”

 

नेपाल र चीनबीच सम्झौता भएको एक पेटी एक मार्ग परियोजनामार्फत नेपालको सडक पूर्वाधार तथा नेपालमा रेल सेवा विस्तार गर्न सयोग पुग्ने परराष्ट्रमन्त्री महराको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement