आखिर किन जादैछन् चीनमा महरा सिवाइपो गाउको भ्रमणमा ? यस्तो छ उनको चीन भ्रमणको तालिका


काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज चीन भ्रमणमा जादैछन् । चिनिया विदेशमन्त्री वाङ यी को औपचारीक निमन्त्रणामा महरा ६ दिने चीन भ्रमणमा आज बेइजिङ प्रस्थान गर्दैछन् ।  परराष्ट्र मन्त्रालयको चीन डेस्क हेर्ने सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने पनि महरासंगै चीन जादै छन् । एयर चाइनाको विमानबाट महरा आजै १० बजे चीन जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री भएपछि महराको यो पहिलो औपचारीक चीन भ्रमण हो ।

 

चीन भ्रमणका क्रममा महराले चीनका प्रधानमन्त्री ली खछियाङसँग भेटवार्ता गर्ने तथा ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावास कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । महराले चीनको हेवेइ प्रान्तको सिवाइपो गाउको समेत भ्रमण गर्ने कार्यक्रम छ । सिवाइपो गाउमा १९४८ देखी १९४९ सम्म चिनिया कम्युनिष्ट पार्टीको मुख्यालय र जनमुक्ति सेनाको बेस थियो । चीनमा सिवाइपो गाउ ऐतिहासीक ठाउमा रुपमा परिचित समत छ ।

 

उनि यसअघि अर्थमन्त्रीका रुपमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा उनको बिशेष दूतको रुपमा चीन भ्रमणमा गएका थिए भने पछि ओबरमा महराले नै हस्ताक्षर गरेका थिए । महरा १८ असारमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा भारत भ्रमण गरेका थिए ।

 

मन्त्री महराले चीन भ्रमणका बेला चिनिया समकक्षीसंग द्धिपक्षीय हितका विषयमा छलफल गर्नेछन् । चीनका लागी नेपाली राजदूत लिलामणी पौडेलले मन्त्री महराको भ्रमणको सबै तयारी पुरा भएको बताए ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले मन्त्री महराको चीन भ्रमण औपचारीक भ्रमण भएको बताए । उनकाअनुसार भेटमा दुई देशका विदेशमन्त्रीबिच द्धिपक्षीय हितका विषयमा छलफल हुनेछ ।

 

बेइजिङस्थित नेपाली राजदूत पौडेलले मन्त्री महराको भेटघाटको लागी चिनिया उच्च नेतृत्वसंग छलफल गरिरहेका छन् । परराष्ट्रमन्त्रालयले महराको भेटघाटलाई अति गोप्य राखेको छ ।
महराको बेइजिङ भ्रमणमा रेलवे, तातोपानी नाका र ओबरको क्षेत्रगत विषयहरूमाथी गम्भिर छलफल हुनेछ । त्यसका साथै उर्जासम्बन्धी सम्झौतामा समेत हस्ताक्षर गर्ने कार्यक्रम छ  ।

 

त्यसैगरी चीनका उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका वेला भएको औपचारिक वार्तामा आर्थिक तथा प्राविधिक सहयोग, अरनिको राजमार्ग मर्मतलगायत सम्बन्धी सम्झौता, लगानी तथा आर्थिक साझेदारी अभिवृद्धि गर्ने फ्रेमवर्क सम्झौता तथा पेट्रोलियम पदार्थ तथा ग्यास अन्वेषणसम्बन्धी सम्झौतासम्बन्धी आपसी पत्राचार भएको थियो । उक्त विषयमा समेत दुवै देशका विदेशमन्त्रीविच छलफल हुने कार्यक्रम छ ।

 

महराले चीनको ग्वान्जाओमा महावाणिज्य दूतावासको कार्यालयको औपचारीक उदघाटन गर्ने कार्यक्रम छ । ग्वान्जाओमा नेपाल सरकारले ६ महिना अघि महावाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको  थियो ।  महरा २६ भदौमा स्वदेश फर्किने कार्यक्रम छ ।

 

मन्त्री महरा चीन निकट नेताका रुपमा चिनिएपनि पछिल्लो समय भने उनको भारतसंगको सम्बन्ध घनिभुत हुदै गएको छ । चिनिया राजदूत यु होङ्गले महरालाई भेटेर चीन भ्रमण पहिला गरिदिन आग्रह गरेपनि महराले पहिलो भ्रमण भारत नै राजेका थिए ।

 

परराष्ट्र स्रोतकाअनुरसार भारतभन्दा पहिला नै चीनले महरालाई औपचारीक निम्तो दिएको थियो । चीन र भारतबीच देखिएको सिमा बिवादका बेला समेत महराले दुवै छिमेकीले शान्तीपुर्ण रुपमा समस्याको समाधान गर्नुपर्ने भन्दै नेपाल कसैको पनि पक्षमा नलाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement