शेयर बजारमा सभामुख महराको प्रवेश, के भने उर्जामन्त्री पुनलाई ?


काठमाडौं – सभामुख कृष्णबहादुर महरा शेयर बजारमा प्रवेश गरेका छन् । जनताको जलविद्युत कार्यक्रमअन्र्तगत शुक्रवार उर्जामन्त्रालयमा रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको सेयरमा आवेदन दिने क्रममा उनले आफु शेयर वजारमा पहिलो पटक प्रवेश गरेको खुलासा गरेका हुन् ।

‘अर्थमन्त्रालय चलाए पनि अहिलेसम्म मेरो कहि पनि शेयर थिएन्, पहिलो पटक जलविद्युतको शेयर आवेदन गरेर शेयर वजारमा प्रवेश गरेको छु,यसका लागी म उर्जामन्त्रीज्युलाई धन्यवाद दिन चाहन्छु ।’ सभामुख महराले कार्यक्रममा भने ।

उनले रसुवागढीमा १ लाख रुपैयांको (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयांको (५ सय कित्ता) शेयर आवेदन दिएका छन् ।
महराले कार्यक्रममा बन्द पुजीलाई गतिशिल पुजीं वजार बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल जलविद्यूतको धनी देशको भएको भन्दै नेपालको जलविद्युतको मालिक नै जनता हुने गरी सुरु भएको अभियान सकरात्मक कदम भएको धारणा राखे ।

सभामुख महराले सरकारी कम्पनीले नै झन् जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुराले आफुलाई निकै खुसी तुल्याएको बताए । उर्जामन्त्रीले जनताको सहभागितालाई सुनिश्चित गर्ने हिसावले ल्याएको जनताको जलविद्युत कार्यक्रम सफल भएरै छाड्ने महराको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement