काठमाण्डु- चलचित्र महाराजधिराजमा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ ।
परिच्छेद सेनले निर्देशन गर्ने महाराजधिराजमा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ ।
आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।
महाराजधिराजको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ ।
यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।
प्रतिक्रिया