काठमाण्डु– बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनियोनजनका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रसिक रुपमा प्रस्तुत भए ।
उनले जवाफ दिनुअघि लोकभाकाको चर्चित गीतको सम्झना गरे । ‘पहिला पहिलाको जमानामा खुब गाइने एउटा गीत थियो, ‘म त यस्तो होइन दाई, पिरतीले जोगी बनायो’, पुनले भने ।
पुनले आफू सांसद् र मन्त्री हुने मान्छे नभए पनि पिरतीले मन्त्री बनाएको टिप्पणी गरे ।
अमेरिका गएको आफू घुम्न आउँदा गाउँसँग पिरती सुरु भएको र उक्त पिरती फैलिँदै जिल्ला हुँदै अरु जिल्ला र देशभर विस्तार भएको दाबी गरे । पिरतीले आफूलाई मन्त्री र सँगै जोगी बनाएको उनको भनाइ थियो ।
‘म सांसद् र र मन्त्री हुने भन्ने मान्छे होइन । पिरतीले मलाई सांसद् र मन्त्री बनायो । यसमा लामो मेरो पिरती कोसँग बस्यो र मन्त्री सासद् बनायने भन्ने छ । पिरती मेरो देशसँग बस्यो, देशसँग भन्दा पहिला गाउँसँग, जिल्लासँग, अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । अहिले मन्त्री भए, जोगी भएँ । म पक्का जोगी हुँ ।’
पुनले आफ्नो लामो समयको मागपछि नवप्रवर्तन मन्त्रालय स्थापना भएको भन्दै सम्वद्ध पक्षलाई धन्यवाद दिए ।




प्रतिक्रिया