कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत जितेका छन् ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत पाउने पर्ने संवैधानिक व्यवस्था अनुरुप शाहीले मंगलबार अपील गरेका थिए।

४० सदस्यीय प्रदेशसभामा शाहीले ३२ मत पाएका छन् । विपक्षमा ६ मत परेको छ । राप्रपा र कांग्रेसले सरकारको विपक्षमा मत दिएका हुन् ।

कांग्रेसको ६ र राप्रपाको एक सांसद भए पनि कांग्रेसका एक सांसद भने अनुपस्थित थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement