झापामा एमाले नेता महेश बस्नेतको गाडीमा तोडफोड


झापा – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत नेताहरूको गाडीमाथि झापामा ढुंगामुढा भएको छ ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न आज बिहीबार झापा पुगेका नेता बस्नेतलाई अवरोध गर्न कार्यक्रमस्थल पुगेका पहिचानवादी समूहले नेता–कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका छन् ।

सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्री समेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईं समर्थकले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका सवारीसाधनका सिसाहरू फुटाएका छन् ।

युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईं समर्थकले सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका छन् ।

कार्यक्रमस्थलमा हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement