सलमान खानकी हिरोइनले विवाह नैै नगरी छोरी जन्माएपछि…


एजेन्सी– बलिउडकी एक चर्चित नायिकाले विवाह नै नगरी आफुले छोरी जन्माएको खुलासा गरेकी छन् । ती नायिका हुन् माही गिल ।

उनले हालै नवभारत टाइम्सलाई दिएको एक अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् । उनले आफु अविवाहित हुँदै छोरीलाई जन्म दिएको विषयले अहिले भारतभर चर्चा पाईरहेको छ ।

उनले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने चोच बनाएको उनले बताएकी छन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने माहिले बताइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन् ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइनँ । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ ।

‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो । माही दबंग थ्रीमा पनि देखिनेछिन् । यो फिल्ममा उनीसँग अरबाज खान, सलमान खान र सोनाक्षी सिन्हाको मुख्य भूमिका हुनेछ ।

‘देव डी, साहेब बीबी और ग्याङ्गस्टार, दबंगजस्ता चलचित्रमा बोल्ड अभिनय गरिसेककी माही दर्शकले रुचाएकी नायिका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement