नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अविरल वर्षाका कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छिन्।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ।

साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ पठाएको छ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारको लागि खटिएको छ। सो खोललो पशुचौपाया लगायत अन्य सामान बगाएको छ।

यसैगरी डोल्पा जिल्लाको काईके गाउँपालिका–४ रिवामा अविरल वर्षाको कारण पहिरो गई सो ठाउँमा रहेको १५ घर पूर्ण रूपमा क्षति भएको छ।

उक्त स्थानमा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ। पहिरोमा परी ३ जना व्यक्ति घाइते भएका छन्। उनीहरूको अवस्था भने सामान्य रहेको छ।