अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

एन्फाको आयोजनामा प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा भएको हो ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टिममा छनोट भएका हुन्।

राजेन्द्र तामाङ मुख्य प्रशिक्षक रहेको महिला टोलीमा गोलरक्षक एन्जिलासँगै, अन्जना राना मगर र उषा नाथ छन्। डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन्।

यस्तै मिडफिल्डरमा अनिता बस्नेतसँगै, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्।

फर्वाडमा सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसीलाई समेटिएको छ। एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि हुने प्रतियोगितामा चार टोली सहभागी हुनेछन्।