महिला लघुवित्तको आईपीओ बाँडफाँड, ३७ हजार आवेदकले पाए १० कित्ता शेयर


काठमाण्डु – महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो ।

माग र आवदेकको संख्याका आधारमा गोलाप्रथाबाट गरिएको आईपीओ ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका छन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरू खाली हात फर्किएका छन् ।

गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरका ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको संस्थाले बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि जारी गरेको थियो ।

जसमा माग गरेभन्दा झण्डै ६३ प्रतिशतले नै बढी माग आवेदन परेको संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको थियाे ।

नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र नतिजा हेर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement