सर्वाेच्च अदालतका शाखा अधिकृत विष्ट १ लाख धरौटी बुझाएर रिहा

सर्वाेच्च अदालतका शाखा अधिकृत विष्ट १ लाख धरौटी बुझाएर रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट १ लाख धरौटीमा रिहा भएका छन् ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रहरीले उनीविरूद्ध झूटो सूचना दिएको र लिखत सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरेर हिरासतमा राखेको थियो ।

विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुले नियन्त्रणमा लिएको थियो ।

महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए ।