महोत्तरीमा २ हजार ४७६ म्यादी प्रहरी भर्ना


महोत्तरी – आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ । ८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement