माइला बिक भन्छन्- तारमा सुत्दा आनन्द आयो


काठमाण्डु- नुवाकोटका माइला विकले विद्युत प्रसारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफूलाई आनन्द महसुस भएको बताएका छन् । एक टेलिभिजनसँगको कुराकानीमा उनले तारमा सुत्दा आनन्द आएको बताएका हुन् ।

‘म मर्न गएको थिएँ । एकदम माथि गएपछि मरिन्छ भन्ने थियो । तर लठ्ठामाथि पनि भगवान रहेछ । मलाई बचाए । एकदम खुसी लागेको छ’, उनले भने, ‘तारमा झुन्डिएर आएका हामी । अल्लो छेउ गएँ, पल्लो छेउ गएँ । तारमा झुन्डिँदा चीलले पनि ठुंग्यो । तारमा सुत्दा आनन्द आयो,’ उनी भन्छन् । 

तारबाट तल खस्दा मर्छु भन्ने आफूलाई नलागेको उनले दावी गरे ।  ‘घरमा गएर सुत्नुपर्यो भनेर गाको । त्यहाँ गएपछि भ्रमण देखेँ । खम्बामा छोएपछि मन ढुक्क भयो । अनि गएँ सरासर ।  तलबाट मान्छेहरुले झर भन्दा पनि म आफ्नै सुरमा हिँडे ।’, उनले भने । 

प्रतिक्रिया दिनुहोस
Advertisement