माइतीघरबाट अमेरिकी र चिनियाँसहित पाँचजना पक्राउ

माइतीघरबाट अमेरिकी र चिनियाँसहित पाँचजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं –  सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा प्रहरीले ५ जना विदेशी सहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

शनिवार बिहान माइतीघर मण्डलाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हाे।

यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएको छ । कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै विरोध प्रदर्शन भइरहेको हो ।