उपरथीमा बढुवा भएका थापा र पौडेललाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाण्डु-  नेपाली सेनाका सहायक रथी सागर बहादुर थापा र निरज पौडेल उपरथीमा बढुवा भएका छन् । थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका पौडेललाई प्रधान सेनापति प्रभुराम शर्माले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथीमा बढुवा भएका थापालाई कार्यरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३ (तीन) जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement