सेनामा उपरथीमा बढुवा प्रक्रिया सुरु,यी हुन् बढुवाका प्रतिस्पर्धी उम्मेदवार 


काठमाडौं– नेपाली सेनामा उपरथी बढुवाको प्रक्रिया सुरु भएको छ । सैनिक मुख्यालयले रिक्त तीन उपरथीमा पदका लागी बढुवा सिफारीसको तयारी गरेको हो ।  सेनामा हालसालै उपरथीहरु शेखरसिंह वस्नेत, अनुज वस्नेत र देवेन्द्र मेघासी अवकास भएका थिए । 

तीनै जनाको ठांउमा उपरथीको दरबन्दी रिक्त छ भने रथीमा बढुवा सिफारीस भएका उपरथी शरद गिरीको बढुवा सिफारीस भइसकेको हुंदा उनको ठाउमा पनि बढुवा सिफारीस गर्ने सैनिक मुख्यालयको तयारी छ । सैनिक गुप्तचर प्रमुख देव सुवेदीले पनि आगामी पुष १९ मा अनिवार्य अवकास पाउंदैनछन् । सुवेदीको ठाउंमा समेत बढुवा अघि बढाउने तयारी सेनाको छ । 

उपरथी बढुवाका लागी सहायकरथीहरु शैलेन्द्र शम्शेर थापा, संजय भण्डारी, वालकृष्ण कार्की, अनन्त कार्की, सरोजप्रताप राणा, सिताराम खड्का र ताराध्वज पाण्डे लाइनमा छन् । तर, भण्डारीको अनलाइन डिग्रि भएकाले बढुवा हुने सम्भावना भने कम छ । 

त्यस्तै सहायकरथी थापाको समेत शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ । भण्डारी र थापालाई उपरथीमा बढुवा नगर्ने लाइनमा प्रधानसेनापति पुर्णचन्द्र थापा पुगेको उनि निकट स्रोतले बतायो ।

सहायकरथी थापाले शैक्षिक प्रमाणपत्रको सक्कली विवरण ल्याउन समय मागेकाले बढुवामा ढिलाई भएको बताइन्छ । 

उपरथी बढुवाको लागी बोर्ड गठन भइसकेको मात्र छैन् बोर्डको वैठक पटक पटक बसिसकेको छ । शुक्रवार मात्र बलाध्यक्षकृतरथी हेमन्त कुवंरको अध्यक्षतामा बोर्डको वैठक बसेको थियो । 

भण्डारी र थापाको बढुवा रोकिने निश्चित भएपछि कार्कीद्धय,खड्का र राणा उपरथीमा बढुवा हुनेछन् ।सैनिक सचिव समेत रहेका राणाको पनि नागरीकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेको उजुरी छ । 

यसअघि सहायकरथीमा बढुवा हुंदा पनि राणाको विवाद आएको थियो । उनि लण्डनमा एनडिसी गर्दा गर्दै स्वदेश फर्केर उक्त विवाद मिलेको थियो । राणाको बढुवा सिफारीस नभए सहायकरथी पाण्डे उपरथीमा बढुवा सिफारीस हुनेछन् । राणा हाल सैनिक सचिव छन् भने बालकृष्ण सैनिक गुप्तचर विभागमा डेपुटी छन् । अनन्त कार्की संगठनमा कार्यरत छन् । त्यसैगरी सहायकरथी खड्का नेपाल सैनिक प्रतिष्ठानको प्रमुख रहेका छन् । 

उपरथीमा बढुवाका लागी अनिवार्य मानिने कोर्स भने भण्डारी र थापाले समेत गरेका छन् । भण्डारीले एनडिसी चीनबाट गरेका छन् भन् थापाले भारतवाट । त्यसैगरी बालकृष्णले चीनबाट,अनन्तले पाकिस्तानबाट,पाण्डेले चीनबाट र खड्काले अमेरिकाबाट एनडिसी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement