ड्राइभर भर्नामा पैसा उठाएको भन्दै सेनाका मेजर सैनिक हिरासतमा


काठमाडौं– नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करिब ४० लाख रुपैयाभन्दा बढी उठाएको आरोपमा उनलाई सैनिक प्रहरीले हिरासतमा लिएको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा उनलाई सैनिक हिरासतमा राखिएको हो । उनि यसअघि एमटी गणको सहायक गणपति हुंदा उनले पैसा उठाएको आरोप लागेको हो । थापा भर्खरै मात्र शान्ती सेनाको मिसनबाट फर्किएका थिए ।

सेनाले उक्त घटनाको छानविन गर्न कोर्ट अफ इन्क्वाईरी गठन गरेको छ । सहायकरथी सिताराम खड्काको नेतृत्वमा बनेको समितीले घटनाको अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । यसबारेमा सैनिक जनसम्र्पक निर्देशनालयका प्रमुख सहायकरथी गोकुल भण्डारीसंग सम्र्पक गर्दा उनको टेलिफोन उठेन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement