सेनामा पांच सहायकरथी उपरथीमा बढुवा, आजै दज्र्यानी चिन्ह लगाउने


काठमाडौं– नेपाली सेनामा पांच उपरथीको बढुवा भएको छ । सेनामा लामो समयदेखी उपरथीको पद रिक्त भएपनि बढुवा हुन सकेको थिएन् । उपरथीमा बढुवा हुनेमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् ।

उपरथीमा बढुवा भएका सैनिक अधिकारीले बुधवार दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । गत माघ २५ मा बसेको मन्त्रिपरिषदको बैठकले पँंच सहायक रथीहरुलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको सेनाले जनाएको छ । बढुवा भएका उपरथीको पदस्थापन समेत भएको छ ।

प्रधानसेनाति पुर्णचन्द्र थापाले उपरथी कार्कीलाई सात नम्बर प्रदेशको पृतनापति, राणालाई सुर्खेत पृतना, उपरथी कर्मेन्द्र लिम्बुलाई राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेका छन् ।

त्यसैगरी उपरथी खड्का बुटबल पृतनापति, अनन्त कार्कीलाई कार्यरथी बिभाग(एजी) र पाण्डेलाई आईजी बिभागको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement