प्रधानसेनापतिविरुद्ध उजुरी दिने उपरथी कार्की बिदामा बसे, अधिकारी उपरथी बन्ने लाइनमा


काठमाण्डु– नेपाली सेनाका उपरथी अनन्त कार्की घरबिदामा बसेका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत रहेका कार्कीले आईतबार आफ्नो जिम्मेबारी उपरथी भोला थापालाई बुझाएर बिदामा बसेका हुन ।

उपरथीमा पदावधि थप नभएपछि उनी माघ २३ गते अनिवार्य अवकासमा जांदैछन् । सेनामा १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । उनको पदावधि थप भएको भए तीन तारे जर्नेल हुने सम्भावना थियो ।

कार्कीले प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका थिए । प्रधानसेनापति शर्माले उनको सिफारीस नगरेपछि सरकारले अन्ततः सिताराम खड्का र ताराध्वज पाण्डेको मात्र पदावधि थप गरेको थियो ।

सैनिक ऐनमा सैनिक अधिकृतहरुको पदावधि थप गर्ने वा नगर्ने अधिकार प्रधासेनापतिमा निहित छ । कार्कीले पदावधि थप नभएको भन्दै राजनीतिक नेतृत्वकोमा लविङ्ग गरेपछि उनलाई कार्वाही गर्नुपर्ने आवाज सेनामा उठेको थियो ।

कार्कीले यसअघिका प्रधासेनापति पूर्णचन्द्र थापाको पालामा व्यक्तिगत पुर्वाग्रह सांधेर धेरै सैनिक अधिकृतहरुमाथी कार्वाही गर्न भुमिका खेलेको,आर्थिक लाभ लिएको र गुटबन्दी गरेको आरोप छ ।

कार्कीले सैनिक अनुशासन तोडेको भन्दै कार्वाही गर्न सेनाका उच्च अधिकारी र अवकासप्राप्त सैनिक अधिकारीहरुले प्रधानसेनापति शर्मालाई सुझाव दिएपनि उनले कार्कीकोे पदावधि थप नहुनु नै कार्वाही सरह भएको भन्दै उनीमाथी कुनै एक्सन गरेनन । कार्कीले पुर्व प्रधानसेनापति थापाको निकट बसेर सेनामा सत्ता चलाएको आरोप छ ।

कार्कीको अवकासपछि सहायकरथी प्रेमध्वज अधिकारी दुई तारे जर्नेलमा बढुवा हुने लाइनमा छन् । उनको अव उपरथीमा पदावधि थप समेत गर्न नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement