मकवानपुर-१ मा राप्रपाबाट दीपक सिंह विजयी


काठमाण्डु – मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनामा सिंहले २७८१६ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी डिना उपाध्यायले २५४२३ मत प्राप्त गरिन् । नेकपा एमालेबाट उम्मेदवार भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५४२० मत ल्याए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement