एजेन्सी– अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।
अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान पनि उक्त ठाँउमा पुगेका थिए ।
प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छन् ।
प्रतिक्रिया