दबंग थ्रीमा मलाइका आउट, सलमानले कोसँग गर्दैछन् आइटम डान्स ?


एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग थ्रीमा मलाइका आउट भएकी छन् ।

यो सन् २०१० मा रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म हो जसमा फिल्मको ओरोजिनल कास्ट सलमान र सोनाक्षी सिन्हा मुख्य भुमिकामा देखिनेछन् । तर यसपटक फिल्ममा मलाइका अरोडाको आइटम गीत भने हुने छैन । खबरलाई विश्वास गर्ने हो भने दबंग थ्रीमा नायिका मौनी रोयले आइटम डान्स गर्नेछिन् ।

मौनीको यो गीतको सुटिङ अर्को हप्ता वसई स्टुडियोमा हुनेछ । डिएनएले आफ्नो स्रोतको हवाला दिँदै सुटिङका लागि सेटको काम पूरा गर्न लागिएको बताइएको छ । मौनीसँगै सलमानको पनि प्रस्तुती हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement