मालीमा सेना र इस्लामिक लडाकुबीच भिडन्त, २४ सेना र १७ लडाकु मारिए


एजेन्सी – पश्चिम अफ्रिकी देश मालीमा सेना र इस्लामिक लडाकुबीच भिडन्त भएको छ । सोमबारको माली र नाइजेरियाको सिमाना नजिकै तिलाओ भन्ने क्षेत्रमा सेना र ती लडाकुहरुबीच भएको भिडन्तमा परी २४ सेनासहित ४६ जनाको मृत्यु भएको छ भने २९ सेना घाइते भएको बीबीसीले जनाएको छ ।

सेनाले सयभन्दा बढी इस्लामिक लडाकुहरु नियन्त्रणमा लिन सफल भएका छन् । इस्लामिक लडाकुहरु आक्रमण गरेपछि सेनाले जवाफी कारवाही गरेको थियो । एकहप्ता अगाडिमात्र इस्लामिक समूहले मालीमा सेना लक्षित आक्रमण गर्दा ५४ सैनिकको ज्यान गएको थियो ।

सन् २०१२ यता इस्लामिक लडाकुले मालीमा हिंसा मच्चाइरहेका छन् । उनीहरुले देशका महत्वपूर्ण शहरहरुमा आक्रमण गरिसकेका छन् ।इस्लामिक लडाकुलाई विखण्डनवादीको संज्ञा दिँदै आएको माली सरकारले फ्रान्सेली सेनाको सहयोगमा सरकारी सेनाले ती सशस्त्र समूहविरुद्ध आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement