नेपाली श्रमिकसंग रकम असुलेको आरोपमा मलेसियाका पूर्व गृहमन्त्री अहमद पक्राउ


काठमाडौं – मलेसियाका पूर्वउपप्रधान मन्त्री एवम् गृहमन्त्री अहमद जाहिद हमिदीलाई नेपाली श्रमिकसंग रकम असुलेको आरोपमा पक्राउ गरेको छ ।

भ्रष्टाचार विरुद्धको आयोग (मलेसियन एन्टी करप्सन कमिसन) ले जाहिद हमिदीलाई पक्राउ गरेको हो । उनलाई करिब दुई करोड १२ लाख ५० हजार रकम भ्रस्टाचार गरेको आरोपमा पक्राउ गरेको हो ।

आयोगका अनुसार मलेसिया जाने कामदारको राहदानी संकलन गरी भिसाका लागि प्रक्रिया शुरु गर्ने कम्पनीमार्फत् हमिदीले श्रमिकबाट असुलिएको रकम लिएका थिए ।  मलेसिया र नेपालका सरकारी अधिकारिको मिलेमतोमा ओएस्सी भनिने उक्त प्रणाली लगायतका विभिन्न प्रक्रियाबाट अनधिकृत रुपमा सञ्चालन गर्न र कामदारबाट रकम असुल गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement