मलेसियालाई हराउँदै नेपाल समूह विजेता


काठमाण्डु – मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । अन्तिम खेलमा मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ ।

शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । तीन टोली रहेको समूहबाट पहिलो खेलमा जित दर्तासँगै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement