पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण, अस्पताल भर्ना


एजेन्सी – अज्ञात समूहको आक्रमणबाट भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी घाइते भएकी छन् ।

आगामी २७ मार्चमा हुने विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको हो । बनर्जी घाइते भएपछि एसएसकेएम अस्पताल भर्ना गरिएको छ ।

बनर्जीको बाँया खुट्टाको गोलीगाँठोमा गम्भीर चोट लागेको र गर्धनमा पनि चोटको निशान रहेको अस्पतालका डाक्टर एम बन्दोपाध्यालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुख्यमन्त्री बनर्जीले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको बताइन । उनले आफूसँग सुरक्षागार्ड नभएको समयमा ४–५ जनाले धक्का दिएको र चोट लागेको बताएकी छन् ।

‘यो एक षड्यन्त्र हो, यो समयमा प्रशासनका कोही पनि व्यक्ति मेरो सुरक्षाका लागि आएका थिएनन्, वास्तावमा मलाई उनीहरु चोट पुर्‍याउन आएका थिए,’ उनले भनिन् ।

चोटका कारण स्वासप्रश्वासमा समेत समस्या भएको र ४८ घण्टा आरामको खाँचो रहेको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement