काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका हुन् ।
अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
‘मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रुपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्याएका मानिसहरूले पनि प्रक्रिया पुर्याएर छिटो भन्दा छिटो सफाइ लिनु पर्दछ । यो गम्भीर विषय हो । किनभने यो केबल नेपालमा मात्रै सिमित रहने विषय होइन,’ उनले भने ।
उक्त प्रतिवेदनले धेरै कुरा उजागर गरेकाले पनि सरकारले तत्काल त्यसको कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने आवश्यकता औंल्याए ।
‘यो प्रतिवेदन त युएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्र संघ सम्बन्धित संघ, संस्थाहरूसँग रेकडेट हुनेछ । र यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरूले यो मानव अधिकार उलंघनमा दोेषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोका गरिएका घटनाहरू समेत छन्,’ उनले भने, ‘त्यसकारण यो अत्यन्तै गम्भीर विषय भएको हुनाले दोषीहरूले सफाइ लिने र सरकारले यसमा एउटा प्रक्रिया पुरा गर्ने दिशामा जानु पर्दछ । यो प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’




प्रतिक्रिया