काठमाण्डु– राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमबासीको अवस्था बुझ्न कीर्तिपुर पुगेको छ ।आयोगको टोली आइतबार बिहान सुकुमबासीलाई राखिएको कीर्तिपुरको राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको हाे ।
शनिबार नेपाल प्रहरी र नगर प्रहरीको टोलीले थापाथली र गैह्रीधारा क्षेत्रका सुकुमबासीलाई नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।
आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमबासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको थियो ।




प्रतिक्रिया