मनाङको ताजे गाउँस्थित जंगलमा लागेको आगो नेपाली सेनाले निभायो(तस्वीरसहित)


काठमाण्डु – हिमाली जिल्ला मनाङको नासों गाउँपालिका, वडा नं. ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रण गर्न नेपाली सेनाको टोली सफल भएको छ ।

सेनाको रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको हो । अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा भने आईनसकेको सेनाले जनाएको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्‍यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ ।

प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ । मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  

 

प्रतिक्रिया दिनुहोस
Advertisement