म्यानचेष्टर सिटीमाथिको प्रतिबन्ध हट्यो, २० मिलियन युरो जरिवाना छुट


एजेन्सी – इंगलिस क्लब म्यानचेष्टर सिटीमाथि लागेको २ वर्षको प्रतिवन्ध खारेज भएको छ । सोमबार भएको सुनुवाईमा कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले उक्त प्रतिबन्ध खारेज गरिदिएको हो ।

गत फेब्रुअरीमा युरोपियन फुटबल महासंघ (युइएफए) ले म्यानचेस्टर सिटीले आर्थिक नियम तोडेको भन्दै आगामी दुई सिजनका लागि युरोपियन प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । युईएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको थियो ।

यस्तै सिटीलाई ३० मिलियन युरोसमेत जरिवाना गरिएको थियो । प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यसअघि क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा विश्वास रहेको बताउँदै आएका थिए ।

सिटीको प्रतिबन्ध फुकुवा भएपछि अब सिटीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्न पाउनेछ । सिटीले १० मिलियन युरो जरिवाना भने बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement