आँपको बोक्राका पनि फाइदै फाइदा, चाउरीपनदखि डण्डीफोर हटाउनेसम्म


काठमाण्डु – गर्मी मौसममा सजिलै पाइने फल हो आँप । आँपलाई फलफूलको राजा भनेर चिन्ने गरिन्छ । कति त आँप खान पाइन्छ भनेर नै गर्मी महिनाको प्रतीक्षा गरिरहेका हुन्छन् । आँप खानमा स्वादिलो हुनुका साथै यो शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ ।

आँपमा प्रशस्त मात्रामा पानी पाइन्छ । एउटा आँपमा मात्र ८६ प्रतिशत पानी पाइन्छ । यस्तै यसमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर लगायतका धेरै तत्वहरु पनि पाइन्छ ।

हामीले आँपको नियमित सेवन गरेमा शरीरलाई धेरै फाइदा गर्छ । आँप एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले विभिन्न रोगबाट बच्न यसले सहयोग पुर्याउछ ।

यसले गर्मीको दिनमा शरीरलाई चिसो राख्ने गर्छ । धेरैले आँपको बोक्रालाई बेकारको ठानेर डस्टबीनमा फ्याँक्ने गर्छन् । तर यसले तपाईंका विभिन्न समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरिएको हुन्छ । यसले तपाईंको स्वास्थ्य र सौन्दर्यसँग जोडिएका थुप्रै समस्या टाढा राख्ने गर्छ । आँपको बोक्रा स्वस्थ र पौष्टिक गुणले भरपुर हुन्छ । यसका फाइदाबारे जानकारी लिऔं ।

एन्टीअक्सिडेन्टले भरपुरः

साधारणतया आँपको बोक्रामा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्टले भरपुर हुन्छ । एन्टीअक्सिडेन्टले फ्री रेडिकल्सबाटबाट हुने हानीलाई काम गर्ने काम गर्छ । फ्रि रेडिकल्सले शरीरका सबै हिस्सालाई प्रभावित गर्छ जसमा छाला, आँखा यहाँसम्म कि मुटुसम्म पनि समावेश छ ।

चाउरीपनबाट राहतः

आँपको बोक्रामा छालालाई सफा गर्ने गुण हुन्छ । यसले समयअगावै देखिने चाउरीपनलाई नष्ट गर्ने गर्छ । फ्रि रेडिकल्स, वायु प्रदुषण, तनावका कारण अनुहारमा चाउरी पर्छ । यसबाहेक यसले कालो दाग कम गर्छ र अनुहारमा निखार ल्याउँछ ।

आँपको बोक्राले बनेको पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राखेर पानीले धुनुपर्छ । आँपको बोक्रालाई पेस्ट बनाउनका लागि यसलाई घाममा केही दिनसम्म सुकाउनुपर्छ ।

डण्डीफोरबाट छुटकाराः

आँपको बोक्राको प्रयोग अनुहारमा डण्डीफोर हटाउनका लागि गर्न सकिन्छ । आँपको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा डण्डीफोरको समस्याबाट छुटकारा पाउन सकिन्छ । यसका साथै आँपको बोक्रालाई पेस्ट बनाएर लगाउँदा दाग धब्बा पनि टाढै रहन्छन् ।

बगैंचाका लागि सबैभन्दा राम्रो मलः

आँपमा भिटामिन ए, बीसिक्स, सीका साथै फाइबर, कपर, फोलेट पाइन्छ । यद्यपि, मानिसहरु आँपको बोक्रालाई बेकार सम्झेर फ्याँक्ने गर्छन् तर यसमा भिटामिन सी, ई, पोलिफेनोल, क्यारोटिनोयड हुन्छ । यो गर्मीमा आफ्नो बोटबिरुवाका लागि आँपको बोक्रालाई जैविक मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement